PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पूर्व एमाले नेताको हत्यामा एमालेकै पूर्व सभासदलाई आजीवन कारावासको फैसला



बीपी साह

पूर्व एमाले नेताको हत्यामा एमालेकै पूर्व सभासदलाई आजीवन कारावासको फैसला

बीरगंज : तत्कालीन नेकपा एमालेका पूर्व सभासद रामचन्द्र प्यासी कुशवाहालाई आजीवन काराबासको फैसला सुनाइएको छ। मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष महमुद आलम हत्यामा कुशवाहालाई उच्च अदालत वीरगंजको इजलासले आजीवन कारावासको सजाय सुनाएको हो।

बारा जिल्लाको परवानीपुर निवासी आलमको हत्यामा बारा जिल्ला अदालतले २०७३ वैसाख ५ गते १० कुशवाहा विरुद्ध १० वर्षको कैद सुनाएको थियो। फैसलाविरुद्ध प्यासीसमेतले उच्च अदालत वीरगंज इजलासमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि आज सुनवाई गर्दै मुख्य न्यायाधीश डिल्लीराज आचार्य र चन्द्रबहादुर सारूको संयुक्त इजलासले बारा जिल्ला अदालतले फैसलामा सदर गर्दै कुशवाहालाई आजीवन कारावासको फैसला सुनाएको हो ।

उच्च अदालत वीरगंज इजलासले सोही घटनमा संलग्न मोहम्मद सहब भन्ने विपिन यादव, अतीक खान भन्ने अशोक श्रीवास्तव, वर्मा भन्ने राजु श्रीवास्तवको हकमा १० वर्ष कैद सजायलाई नै सदर गरेको छ।

यसैगरी हत्याकाण्डमा मोटरसाइकल चालक भनिएका मनोज, रवि पाण्डे भन्ने राजेश मिश्रलाई १५ वर्ष कैद सजाय गरिएको छ। बारा जिल्ला अदालतले मिश्रलाई आजीवन कैद सजाय सुनाएको थियो।

महमुद आलमको हत्या २०७० असोज १८ गते भएको थियो। आलम तत्कालीन एमाले नेता थिए भने २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा क्षेत्र नं. ३ बाट उम्मेदवार थिए। उनको हत्यामा संलग्न भनिएका प्यासी भने एमालेबाटै पहिलो संविधानसभामा समानुपातिक सांसद थिए। प्यासीको टिकट काटेर आलमलाई दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell