PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

नेपाल आइडलका दुई प्रतियोगीको स्वर एउटै गीतमा



पहिलोपोस्ट

नेपाल आइडलका दुई प्रतियोगीको स्वर एउटै गीतमा

नेपाल आइडल सिजन दुईका प्रतिस्पर्धी कृशल कँडेल र मिनराज पौडेलले संयुक्त गीत सार्वजनिक गरेका छन्। दुबैले स्वर दिएको ‘बरिलै’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो।

सार्वजनिक गीत नृपेश उप्रेतीले लेखेका हुन् भने संगीत पनि उनैको रहेको छ। लोक फ्युजन शैलीको गीतका लागि युवा संगीतकर्मी पुरुषोत्तम सुवेदीले वाद्यवादनको संयोजन गरेका छन्।

म्युजिक भिडियोमा मोडल करिश्मा ढकालसँगै कृशल र मिनराज फिचर्ड छन्। भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन्। नमराज घिमिरेको छायांकन रहेको भिडियो सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन्।


नेपाल आइडल सिजन दुईको अडिसनमा मिनराज पौडेल गोल्डेन माइक जित्ने पहिलो प्रतिस्पर्धी थिए। उनले प्रतियोगितापछि कुनै गीत सार्वजनिक गरेका थिएनन्। कृशल कँडेलको यसअघि ‘ओढेर घूँघट’ बोलको गीत सार्वजनिक भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell