PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

नेपाल भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक



पहिलोपोस्ट

नेपाल भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौँ : नेपाल भलिबल संघ एनभिएले २०७६ सालको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ।

एनभिएले शुक्रवार राजधानीमा कार्यक्रम आयोजना गर्दै वर्षभरी गर्ने विभिन्न कार्यक्रमहरु घोषणा गरेको हो।

संघले कार्यक्रममा २२ बुँदा समावेमा गरेको छ।

पहिलो कार्यक्रम अन्तर्गत २०७६ साल जेठ १३ देखि १७ गतेसम्म काठमाडौँमा एफआइभिबी लेभल वान कोचेज कोर्स हुनेछ।

यस्तै सबैभन्दा आकर्षण रु मुख्य कार्यक्रमको रुपमा साउन अन्तिमबाट सुरु हुने एभिसी एसियन सिनियर सेन्ट्रल जोन मेन्स भलिबल टुर्नामेन्ट रहेको छ।

संघले यसलाई विशेष प्राथमिकतामा राखेको एनभिएले जनाएको छ।

यो नितान्त एनभिएको कार्यक्रमहरु हो। जिल्ला र क्षेत्रमा हुने प्रतियोगिताहरुलाई हामीले समावेश गरेका छैनौँ। एनभिएका महासिचव जितेन्द्र बहादु रचन्दले वार्षिक कार्यक्रम बारे भने।

एसियाली लेभलको उक्त टुर्नामेन्ट साउन ३२ देखि भदौ ८ गतेसम्म काठमाडौँमा हुनेछ।

यस्तै एनभिएले आयोजना गर्ने पुरुष/महिला राष्ट्रिय भलिबल प्रतियोगितासँगै एनभिए पुरुष/महिला राष्ट्रिय क्लब च्याम्पियनसिप र क्लब लिग पनि कार्यक्रममा समावेश छन्।

यसैगरी संघले महिला र पुरुषको राष्ट्रिय टोलीको प्रशिक्षणको लागि समेत समय छुट्याएको छ।

त्यसका लागि प्रदेश ५ मा भएको बठौँ राष्ट्रिय खेलकुदको भलिबल प्रतियोगिताबाट पुरुष र महिला दुवैमा २५-२५ जना खेलाडी छनोट गरेको समेत एनिभएका महासचिव जितेन्द्र बहादुर चन्दले बताए।

 

एभिसी सेन्ट्रल जोनको लागि सबैको सहयोग चाहिन्छ

चन्दले एभिसी सेन्ट्रल जोन भलिबल ठूलो टुर्नामेन्ट रहेको र यसलाई सफल बनाउन सबैको सहयोग चाहिने बताए।

'संघको ४२ वर्षे इतिहासमा एभिसीबाट स्वीकृत गरेर पहिलो पटक ठूलो टुर्नामनेट आयोजना गर्दैछौँ। यसमा सरकार लगायत सबैको सहयोग चाहिन्छ।'

सेन्ट्रल जोनका लागि हामीले आठौँबाट २५ खेलाडी छनोट गर्न छनोट समितिलाई भनेका छौँ। चाँडै त्यो लिस्ट आउनेछ। अनी जेठमा पुरुष टोलीको प्रशिक्षण हुनेछ। चन्दले भने।

सेन्ट्रल जोन कहाँ हुने भन्ने टुङ्गो भने अझै लागेको छैन। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड तयार साउन १५ सम्म तयार भए त्यहाँ गर्ने र अन्यथा लगनखेलमा रहेको नेपाली सेनाको कभर्ड हल प्रयोग गर्ने विषयमा पनि सम्बन्धित नियकामा जानकारी गराएको चन्दले बताए।

 

साढे ७ करोडको बजेट

एनिभएले वर्षभरीको कार्यक्रम सञ्चालन गर्नको लागि करिब साढे ७ करोड बजेट लाग्ने जनाएको छ।

एभिसी सेन्ट्र जोनका लागि २ करोड ५७ लाखको बजेट लाग्नेछ। टिम ट्रेनिङ, विदेशी प्रशिक्षक, अन्तर्राष्ट्रिय टुर्नामेन्टहरुको सहभागिता लगायत विषयमा अन्य बजेट खर्च हुनेछ। महासिचव चन्दले भने।

उनले नेपालमा बगामी डिसेम्वरमा हुने १३औँ साग अन्तर्गत भलिबलको बजेट पनि यसैमा समावेश रहेको बताए।

चन्दले राष्ट्रिय खेलकुद परिषद्मा छुट्टा-छुट्टै शीर्षकमा लागि छुट्टै बजेट माग गरिएको बताए।

एनभिएका अध्यक्ष मनोरन्जन रमण शर्माले भलिबलको लागि धेरै कार्यक्रम रहेको र तर खर्च जुटाउन गाह्रो रहेको बताए। उनले सरकार लगायत सबैलाई एनभिएको कार्यक्रमलाई सहयोग गर्न आग्रह समेत गरे।

 

भलिबल डे र ओलम्पिक डे मनाउने

एभनिएले वार्षिक कार्यक्रमा भलिबल डे र ओलम्पिक डे समेत मनाउने उल्लेख गरेको छ। भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको दिन जेठ ८ लाई गत वर्षदेखि संघले भलिबल डे को दिन मनाउने गरेको छ। यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको छ।

यस्तै असारमा ओलम्पिक डे मनाउने र त्यसमा तीन देशको टिम सहभागि गराएर ट्राई-सिरिज टुर्नामेन्ट गराउने योजना रहेको महासचिव चन्दले जानकारी दिए।

 

२०७६ सालको लागि भलिबलको वार्षिक कार्यक्रम

१. एफआइभिबी लेभल वान कोचेस कोर्स – काठमाडौं

२. राष्ट्रिय टिम प्रशिक्षण (पुरुष) – काठमाडौं

३. भलिबल डे (जेठ ८) सातै प्रदेश

४. छैटौ महिला तथा सातौ पुरुष बिच भलिबल –पोखरा

५. ओलम्पिक डे (असार)

६. राष्ट्रिय बिच भलिबल रेफ्री कोर्स - काठमाडा/पोखरा

७. राष्ट्रिय रेफ्री क्षेत्रीय रिफेरिङ कोर्स - प्रदेशहरुमा

८. एसियन रेफ्री क्यान्डिडेट कोर्स - श्रीलंका

९. एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप (साउन ३२–भदौ ८) काठमाडौँ

१०. राष्ट्रिय टिम प्रशिक्षणन (महिला) - काठमाडौँ

११. पाँचौ एनभिए/एनएसटी पुरुष राष्ट्रिय क्लब च्याम्पियनसिप - काठमाडौँ

१२. पाँचौ एनभिए/एनएसटी महिला राष्ट्रिय क्लब च्याम्पियनसिप - काठमाडौँ

१३. यु–१७ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता - काठमाडौँ

१४. एसियन सेन्ट्रल जोन महिला/पुरुष बिच भलिबल - माल्दिभ्स

१५. १३औं दक्षिण एसियाली महिला-पुरुष भलिबल च्याम्पियनसिप - काठमाडौँ

१६. २४औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता

१७. तेस्रो एनभिए अवार्ड - काठमाडौँ

१८. ३३औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता

१९. अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल पुरुष-महिला

२०. पाँचौ आरबीबी–एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता

२१. पाँचौ आरबीबी–एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगिता

२२. प्रथम एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell