PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

वेब सिरिज निर्देशनमा : नितिन चन्द



पहिलोपोस्ट

वेब सिरिज निर्देशनमा : नितिन चन्द

काठमाडौैं: पछिल्लो समय 'जोनी जेन्टलमेन'बाट फिल्म निर्देशन गरेका नितिन चन्दले नयाँ वेब सिरिज बनाएका छन्।

म्यूजिक भिडियो निर्देशनमा लामो अनुभव बटुलेका उनले 'बाजी' शीर्षकको सिरिज निर्देशन गरेका हुन्।

यसअघि उनले 'रङ्ग टाइम' वेब सिरिज निर्देशन गरेका थिए। नितिनले हालै 'बाजी'को पोस्टरसहित एक गीत सार्वजनिक गरेका थिए।

रोमान्टिक थ्रिलर जनरामा बनेको 'बाजी'ले प्रेम, द्वन्द्व तथा बदलाको कथा समेट्ने चन्दले बताए। वियोन्ड र निर्जला खनाल 'बाजी'का मुख्य पात्रहरु हुन्। यो सिरिज जेठ २ गते देखि प्रत्येक बिहिवार योर स्टाइलबाट प्रसारणमा आउनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell