PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

केपीएल : आयोजक कर्णालीलाई हराउँदै शक्ति गौचनको न्यु होराइजन फाइनलमा



पहिलोपोस्ट

केपीएल : आयोजक कर्णालीलाई हराउँदै शक्ति गौचनको न्यु होराइजन फाइनलमा

सुर्खेत :  शक्ति गौचनको कप्तानीमा रहेको न्यु होराइजन दवस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपीएल २ को फाइनलमा प्रवेश गरेको छ।

शुक्रवार भएको पहिलो सेमिफाइनलमा आयोजक कर्णाली-११ लाई ३ विकेटले पराजित गर्दै न्यु होराइजन बुटवल फाइनलमा स्थान पक्का गरेको हो।

होराइजनले अब उपाधिका लागि शसस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

सुर्खेतस्थित कालिन्चोक मैदानमा भएको खेल वर्षाका कारण १३ ओऐरमा छोट्याइएको थियो।

जसमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली-११ ले ४ विकेट गुमाएर ६२ रन बनायो। कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३३ रन बनाए। टिमको स्कोर १७ हुँदा सुरुको ३ विके गुमाएको कर्णालीको लागि कार्कीले अन्तिममा आक्रामक ब्याटिङ गरेका थिए। उनले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।

होराइजनका लागिर शक्ति गौचनले २ विकेट लिए।

६३ रनको लक्ष्य होराइजन बुटवलले ११.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। होराइजनको जितमा शुबेन्दु पाण्डेले १८, निश्चल चौधरीले १०, बिशाल सुनारले नटआउट १० तथा सुनिल धमलाले ८ रन बनाए।

कर्णाली-११ को लागि किशोर महतोले ३ तथा प्रकाश जैसीले २ विकेट लिए पनि स्थानीय टिमलाई जित दिलाउन सकेनन्।

खेलको प्लेयर अफ द म्याच शक्ति गौचन चुनिए।

कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell