PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

यू-१६ क्रिकेट : वर्षाले खेल प्रभावित भएपछि प्रदेश १ र २ ले बाँडे अंक



पहिलोपोस्ट

यू-१६ क्रिकेट : वर्षाले खेल प्रभावित भएपछि प्रदेश १ र २ ले बाँडे अंक

काठमाडौं : मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्टिय क्रिकेट प्रतियोगितामा शुक्रवारको पहिलो खेल वर्षाले प्रभावित बनेको छ।

समूह बी अन्तर्गतको प्रदेश १ र २ बीचको खेल वर्षाले प्रभावित गरेपछी खेल रद्द भएको हो। दुबै टिमले १/१ अंक बाँडेका छन्।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा भएको दिनको पहिलो खेलमा प्रदेश २ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो।

प्रदेश २ ले दिएको १८९ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको प्रदेश १ ले ११.५ ओभरमा ३ विकेट गुमाएर ३३ रन बनाएको अबस्थामा मैदानमा बर्षा हुन थालेपछि खेल रोकिएको थियो। यसपछि निर्धारित समय सम्म पानी नरोकिएपछि खेल अन्तत: रद्द भएको हो।

रोहन बिक र प्रशुराम यादबले अर्धसतकिय पारी खेलेपछि प्रदेश २ ले प्रतियोगिताको हालसम्मकै सबैभन्दा ठूलो स्कोर बनाउन सफल भएको थियो।

रोहनले ५७ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा ६२ रन बनाए। यस्तै प्रशुराम यादबले ४५ बलको सामना गर्दै ४ चौकाको मद्द्तमा ५१ रनको योगदान गरेका थिए।

बलिङतर्फ प्रदेश १ का लागि सिमरन राईले सर्बाधिक ३ विकेट लिए भने सोनु मन्डलले २ तथा बिपिन महतोले १ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell