काठमाडौैं: लामो समयदेखि फिल्ममा काम नपाएका कामेश्वर चौरसिया बिराज भट्टले निर्देशन गर्ने 'साङ्लो'मा अनुबन्धित भएका छन्।
पछिल्लो समय निर्माण नियन्त्रक शंकर पाण्डेलाई बिराजले मुक्का हानेको विवाद चर्किएको थियो। बिराजले कार्यक्रम गर्दै फिल्मको औपचारिक घोषणा गरेका छन्।
फिल्ममा कामेश्वरसँगै पूर्व मिस नेपाल निकिता चाण्डकको मुख्य अभिनय रहनेछ। यसअघि चाण्डकले 'रानीमहल'को छायाँकन गरेका थिए। कलाकारले फिल्म छोडेसँगै 'रानीमहल' पोस्टप्रोडक्स रोकिएको थियो।
भोजपूरी फिल्मका स्टार बिराजले मुक्काबारे कार्यक्रममा बोलेका छन्। उनले भने 'यस्तो घट्ना हुनु राम्रो होइन। मैले चाहेको पनि होइन। केही समस्या उनीहरुकै गल्तीले नै गर्दा भएको हो। फिल्मबाट मैले उहाँलाई निकाली सकें।'
उनले आफू पर्दा बाहिर पनि फाइट गर्ने कलाकार रहेको बताए। सुनाए 'म पर्दा बाहिर पनि फाइट गर्छु। मेरो बानी नै यहि हो।'