PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

आइपीएल : पञ्जावलाई हराउँदै कोलकता प्लेअफ नजिक



पहिलोपोस्ट

आइपीएल : पञ्जावलाई हराउँदै कोलकता प्लेअफ नजिक

कोलकता नाइट राइडर्सले किंग्स एलेभेन पञ्जावलाई पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ।

शुक्रवार सम्पन्न १३औँ चरणको अन्तिम खेलमा कोलकताले पञ्जावलाई ७ विकेटले पराजित गरेको हो।

जितपछि १३ खेलबाट १२ अंक जोड्दै कोलकता अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ। समान अंक रहेको सनराइजर्स हेदरावाद राम्रो रनरेटका कारण चौथो स्थानमा छ। पहिलो देखि तेस्रो स्थानमा रहेका चेन्नाई सुपर किंग्स, मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन्।

अब बाँकी एक प्लेअफको लागि हैदरावाद र कोलकतासहित राजस्थान रोएल्स होडमा छन्। कोलकतासँग पराजित भएपछि १३ खेलबाट १० अंक रहेको पञ्जाव भने लगभग बाहिरिने पक्का भएको छ।

यस्तै ९ अंक रहेको रोएल च्यालेन्जर्स भने बाहिरिसकेको छ।

अब शनिवार र आइतवार हुने बाँकी लिग चरणका खेलपछि प्लेअफ पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ।

आज लिगचरण अन्तर्गत दिल्ली क्यापिटल्स र राजस्थान रोएल्स तथा बैंगलोर र हैदरावादबीच खेल हुनेछ। यस्तै आइतवार पञ्जाव र चेन्नाई तथा मुम्बई र कोलकताबीच खेल हुनेछ।

 

गिलको अर्धशतकमा कोलकता विजयी

युवा खेलाडी शुभमन गिलले अर्धशतक प्रहार गरेपछि कोलकताले १८४ रनको लक्ष्य १८ ओभर खेल्दै ३ विकेट गुमाउर पूरा गरेको हो।

गिलले ४९ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा नटआउट ६५ रन बनाए।

यस्तै ओपनर क्रिस लिनले ४६ रन बनाउ। उनले २२ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे।

यसैगरी रोविन उथाप्पाले २२ र आन्द्रे रसेलले २४ रन योगदान गरे। दुवैले समान १४ बल खेलेका थिए। उथाप्पाले २ चौका र १ छक्का प्रहार गरे। रसेलले २ चौका र २ छक्का प्रहार गरे। कप्तान दिनेश कार्तिकले ९ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा नटआउट २१ रन बनाए।

पञ्जावका मोहम्मद शामी, आर आश्विन र आन्द्रे त्येले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले घरेलु मैदान मोहलीमा २० ओभर पूरै खेल्दै ६ विकेट गुमाउर १८३ रन बनाएको थियो।

साम कुरानले ह्यारी गर्नेको अन्तिम ओभरमा २२ रन प्रहार गरेपछि पञ्जावले सम्मानजनक स्कोर बनाएको थियो। छैटौँ नम्बरमा ब्याटिङ गरेका कुरानले २४ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा नटआउटमा ५५ रन बनाए।

यस्तै निकोलस पुरानले ४८ रन जोडे। उनले २७ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे। मायांक अग्रवालले ३६ र मन्दिप सिंहले २५ रन बनाए।

बलिङमा कोलकताका सन्दिप वारियरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए। यस्तै ह्यारी गर्ने, आन्द्रे रसेल र नितिश रानाले १-१ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell