PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए



पहिलोपोस्ट

रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए

क्रिस्टियानो रोनाल्डोले खेल सकिन ६ मिनेट अगाडि गोल गरेपछि च्याम्पियन बनिसकेको युभेन्ट्स इटालिनय सिरी ए मा हारबाट जोगिएको छ।

गएराती भएको खेलमा युभेन्ट्सले टोरिनोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। खेलको १८औँ मिनेटमै पछि परेका युभेन्ट्सको लागि रोनाल्डोले ८४औँ मिनेटमा बराबरी गोल फर्काएका हुन्। टोरिनोका लागि लुका जोकिचले गोल गरेका हुन्।

लिओनार्दो स्पिनाजोलाको पासमा रोनाल्डोले हेड गोल गरेका हुन्। उनको यो करियरको सयौँ हेड गोल हो। ३३ वर्षिय पोर्चुगिज स्टार रोनाल्डोको यो ६०१औँ करियर गोल हो।

यसअघि नै लिग च्याम्पियन बनिसकेको युभेन्ट्सले बराबरीपछि ३५ खेलबाट ८९ अंक जोडो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell