PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

प्रम ओलीको कटाक्ष : कसको सरकार भन्ने त राष्ट्रपतिले? कि निबन्ध पढ्ने?



पहिलोपोस्ट

प्रम ओलीको कटाक्ष : कसको सरकार भन्ने त राष्ट्रपतिले? कि निबन्ध पढ्ने?
फोटो : रासस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास गरेको ठहर्ने बताएका छन्।

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचनका क्रममा पटकपटक 'मेरो सरकार' भन्दै सम्वोधन गरेपछि सामाजिक सन्जालमा विरोध गर्न सुरु भएको थियो।

सरकारी निवास बालुवाटारमा शनिबार बिहान मिडियासँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा स्पष्ट पार्दै अन्तर्राष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने बताए। राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित भएको भन्दै अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको भन्दै राष्ट्रपतिको बचाउन गरेका थिए।

 

 

प्रधानमन्त्री ओलीले भने, 'कसको सरकार भन्ने त राष्ट्रपतिले? कि निबन्ध पढ्ने? यो सरकारको नीति कार्यक्रम भन्दाखेरि अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने? राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै पार्लियामेण्टमा आउँछन्।'

यस्तो विषयमा विरोध गर्नु भनेको आफैले स्थापना गरेको प्रणालीको गरिमालाई नबुझेको र उपहास गरेको ठहरिने तर्क गरेका थिए उनले। 'मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जामानामा हामी पुग्यौ भनेको या त हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौ या आफूले स्थापना गरेको प्रणाली र राष्ट्रप्रमुखको गरिमा चित्त नबुझेको हो?,' प्रधानमन्त्री ओलीले भने।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको विषयमा चौतर्फी विरोध भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell