PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

बैंक चोर्ने तयारी हुँदै गर्दा गार्डले भेटेपछि...



पहिलोपोस्ट

बैंक चोर्ने तयारी हुँदै गर्दा गार्डले भेटेपछि...
प्रतिकात्मक तस्वीर

काठमाडौः ललितपुरको कुमारी पाटीमा रहेको एनएमबी बैंकमा शनिबार चोरीको असफल प्रयास भएको छ।

शनिबार बिहान करिब ४ बजेतिर एक युवक बैंक भित्र छिरेर चोरी गर्ने प्रयास गरेको थिए। बैंकमा कार्यरत सुरक्षा गार्डले देखेर प्रहरीलाई खबर गरेका थिए। तत्काल गार्डले खबर गरेकाले चोरीको घटना हुनबाट जोगिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। ‘चोरी गर्ने हिसाबले गएको देखियो। समयमा नै गार्डले खबर गरेकाले घटना हुनबाट जोगियो,' उनले भने।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। बैंक र सडकमा भएका सिसी क्यामरा हेर्ने काम भइरहेको एसएसपी धानुकले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell