PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

राष्ट्रिय महिला क्रिकेट टीमकी कविता कुँवर सम्मानित



पहिलोपोस्ट

राष्ट्रिय महिला क्रिकेट टीमकी कविता कुँवर सम्मानित

काठमाडौं : राष्ट्रिय महिला टीमकी सदस्य कविता कुँवर नगद सहित सम्मानित भएकी छिन्। नेपाल क्रिकेट समर्थक समाज (एनसीएसएस)ले उनलाई सम्मान गरेको हो। नगद २५ हजार रुपैयाँसहित स्वर्गीय प्रमोद बज्राचार्यको नाममा स्थापित पुरस्कारबाट उनलाई सम्मान गरिएको हो।

सम्मानित भएकोमा खुशी प्रकट गरिन् उनले। एनसीएसएसका अध्यक्ष विराज घिमिरे, राष्ट्रिय महिला टीमका कोच विनोद दास र खेलकूद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी सहितको तीन सदस्यीय छनोट समितिले उनी सहित तीन जानको नाम सम्मानका लागि सिफारिस गरेको थियो। सिफारिसमा परेका प्रतिस्पर्धीमध्ये कविता उत्कृष्ट देखिएकाले सम्मानित गरिएको अध्यक्ष घिमिरेले बताए। गत वर्ष क्रिकेटर हरिबहादुर चौहानले पुरस्कार र सम्मान पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell