PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

केपीएलको उपाधि यसपटक पनि आर्मीको पोल्टामा, शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी 



पी बी खड्का

केपीएलको उपाधि यसपटक पनि आर्मीको पोल्टामा, शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी 

सुर्खेत: कर्णाली प्रिमिएर लिग (केपीएल)को पहिलो संस्करणको उपाधि चुमेको त्रिभुवन आर्मीले दोस्रो संस्करणको उपाधि पनि आफ्नो पोल्टामा पारेको छ। सुर्खेतको कालिन्चोक मैदानमा आज भएको फाइनल खेलमा न्यु होराइजन बुटवललाई ५९ रनले पछि पार्दै केपीएलको उपाधि चुमेको हो।
 
त्रिभुवन आर्मी विजेता बनेको छ भने, शक्ति गौचनको कप्तानीमा रहेको न्यु होराइजन बुटवल उपविजेतामा चित्त बुझाएको छ।
 
गत वर्ष भएको केपीएलमा पनि आर्मी विजेता भएको थियो भने शक्ति गौचनको कप्तानीमा रहेको टोली उपविजेता बनेको थियो।
  
दोस्रो संस्करणको केपीएलमा आर्मीले नगद ५ लाख रुपैयाँ हात पारेको छ भने, उपविजेता बनेको न्यु होराइजनले २ लाखमा चित्त बुझाएको छ।
 
१४७ रनको लक्ष्य पाएको न्यू होराईजनले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर  ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो।

टोलीका लागि बिशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउँदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाए पनि अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।
  
बुटबललाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ओभरमा १३ रन दिएर समान तीन तीन विकेट हात पारे।

टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशतिय पारीसंगै ६ विकेट गुमार १४६ रन बनाएको हो। आर्मीका राजु रिजालले ३४ रन जोडदा भिम सार्कीले सात बलमा तीन छक्का सहित अविजित २१ रनको आक्रमक पारी खेले।

न्यु होराइजन बुटकलका कप्तान शक्ति गौचन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै ५० हजार हात पारे।

यसैगरी आयोजक कर्णाली एघारका कप्तान रबिन्द्रजंग शाहीले उकृष्ट ब्याट्सम्यान र आर्मीका सुसन भारीले उत्कृष्ट बलर बन्दै समान २० हजार पाएका छन्।

त्यस्तै, प्रतियोगिमा वीरेन्द्रनगर ३ का अमर बिकले गोलापर्थाबाट रनर  मोटसारसाइकल प्राप्त गरेका छन्। प्रतियोगितामा दुई वटा विभागीए टिमसहित आठ टिमको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell