PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

प्रिमियर लिग: न्युकासलविरुद्ध कठिन जितपछि लिभरपुल शीर्ष स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग: न्युकासलविरुद्ध कठिन जितपछि लिभरपुल शीर्ष स्थानमा

डिभोक ओरिगीले खेल सकिन चार मिनेट अगाडि गरेको गोलको मद्दतमा लिभरपुलले प्रिमियर लिगमा न्युकासलमाथि कठिन जित हात पारेको छ।

न्युकासलको मैदान भएको खेलमा ३-२ को जित हात पार्न सफल लिभरपुल अंक तालिकामा फेरि शीर्ष स्थानमा फर्किएको छ।

लिगमा अब १ खेल मात्र खेल्न बाँकी रहेको लिरभपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीसँग २ अंकको अग्रता बनाएको छ। ३७ खेलबाट लिभरपुलको ९४ अंक छ भने दुई खेल खेल्न बाँकी रहेको सिटीको ९२ अंक छ।

लिभरपुललाई उपाधि होडमा कायमै राख्न भर्जिल भान डाइक, मोहमद सलाह र ओरिगीले गोल गरे। यस्तै न्युकासलका लागि क्रिस्टियन अत्सु र सोलोमोन रान्डोनले एक-गोल गरे।

यस्तै अर्को खेलमा ९ खेलाडीमा झरेको टोटनहम हट्सपर एउफसी बर्नमाउथसँग १-० ले पराजित भएको छ।

टोटनहमको दुई खेलाडी कम हुनुका बाबजुद पनि निर्धारित समयसम्म गोल गर्न नसकेको बर्नमाउथका लागि इन्जुरी टाइममा नाथन एकेले गोल गरेका थिए।

टोटनहमका सन हेउन मिन र जुवान फोएथले रातो कार्ड पाएका थिए। हारपछि ३७ खेलबाट ७० अंक रहेको टोटनहम तेस्रो स्थानमै यथावत छ।

लिगमा आज शीर्ष चारमा पर्ने होडमा रहेका आर्सनल, चेल्सी, म्यानचेष्टर युनाइटेडले खेल्दैछन्। उपाधि दाबेदार म्यानचेष्टर सिटीले लेस्टर सिटीसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell