PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु



पहिलोपोस्ट

भद्रपुरः झापाको मेचीनगर नगरपालिका –९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईँको मृत्यु भएको छ।

मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नं १ ले पर्यटन प्रवर्द्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

६ जना साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाईँ बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए। खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो। मृतकका बुवा भानु प्रसाईँ मेचीनगर नगरपालिकाका पूर्वनगर प्रहरी हुन्।

समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न दुई पोखरी निर्माणाधीन अवस्थामा छन्। निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भए पनि वन हेरालु खाना खान गएको बेला दुर्घटना भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको जनाएको प्रहरीले छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell