PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

उच्च अदालतका नायव सुब्बा घूस सहित पक्राउ



पहिलोपोस्ट

उच्च अदालतका नायव सुब्बा घूस सहित पक्राउ

काठमाडौः उच्च अदालत तुलसीपुरका नायव सुब्बा घूस रकम सहित पक्राउ गरेका छन्।

अदालतका टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकले अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा घूस लिदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

पाठकलाई सेवाग्राहीसँग तीन लाख रुपैयाँ घूस बापतको रकम लिदै गर्दाको अवस्थामा चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिइएको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell