PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

दोस्रो सातामा 'एभेन्जर्स इन्ड गेम'ले कमायो २ अर्ब डलर



पहिलोपोस्ट

दोस्रो सातामा 'एभेन्जर्स इन्ड गेम'ले कमायो २ अर्ब डलर

प्रदर्शनको दोस्रो सातामा रहेको 'एभेन्जर्स इन्ड गेम'ले विश्वभरबाट २ अर्ब डलर कमाएको छ। घरेलु बक्स अफिसमा फिल्मले दोस्रो सातामा १४ करोड ५० लाखको व्यापार गर्‍यो।

प्रदर्शनको दोस्रो साता फिल्मले बलिउडबाट भारतीय २७२  करोड माथिको व्यापार गरेको कोइमोइमा उल्लेख छ। अधिकतम व्यापार गर्ने पाँच फिल्महरुको लिस्टमा पर्न सफल भएको छ रुसो ब्रदर्श निर्देशित 'इन्ड गेम'।

यसअघि 'अवतार', 'स्टार वार्स: द फोर्स अवेइकन्स', 'टाइटानिक'ले २ अर्ब डलर माथिको व्यापार गरेका थिए।

'इन्ड गेम'ले विभिन्न विश्व रेकर्ड तोडिसकेको छ। फिल्मले चाइनाको बक्स अफिसमा पनि रेकर्ड राख्न सफल भयो। 'इन्ड गेम'मा मार्भलका सबै सुपरहिरोहरु संसार बचाउन थानोससँग लडाईं गर्छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell