PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

सुरुमा नीकिता चाण्डकको रोजाइमा परेन बिराज भट्टको 'साङ्लो'



पहिलोपोस्ट

सुरुमा नीकिता चाण्डकको रोजाइमा परेन बिराज भट्टको 'साङ्लो'

काठमाडौैं: भोजपुरी स्टार बिराज भट्टले निर्देशन गर्ने फिल्म 'साङ्लो'लाई सुरुमा पूर्व मिस नेपाल नीकिता चाण्डकले नगर्ने निर्णयमा पुगेकी थिइन्। तर, स्क्रिप्ट सुनिसकेपछि नीकिता फिल्म गर्न तयार भइन्। 

हालै, एक कार्यक्रममा उनले भनिन् 'फिल्म नगर्ने निर्णय सुनाउन बिराजलाई भेट्न गएँ। फिल्ममा अभिनय सिकेर आउने मन थियो। तर, उहाँसँग स्क्रिप्ट सुन्न बसेपछि मलाई कथा मन पर्‍यो। स्क्रिप्ट सुनेपछि म रोएँ पनि।'

'साङ्लो' बिराजको डेब्यू निर्देशकिय फिल्म हो। वैशाख २४ गतेबाट फिल्म निर्देशनमा जानेछ। फिल्ममा नीकितासँगै बिराजको मुख्य अभिनय रहनेछ।

बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानारमा निर्माण हुने फिल्ममा बिराज र नीकितासँगै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलागयतको अभिनय रहनेछ।

फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहनेछ।

फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। फिल्मलाई भोजपूरी भाषामा पनि डब गरिने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell