
काठमाडौैं: भुमेथान फिल्म प्रोडक्सनको ब्यानरमा फिल्म 'भुइँफूल' बन्ने भएको छ। अभिनेत्री करिश्माको एक्सन कटसहितको निर्देशनमा फिल्मको हालै काठमाडौंमा शुभ मुहूर्त सम्पन्न भयो।
फिल्ममा कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापाको मुख्य अभिनय रहनेछ। नेत्र सन्त्यालको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अन्य कलाकार चन्दा राई, पुर्णिमा लामाको अभिनय रहनेछ। सन्त्यालको यो डेब्यू निर्देशन हो।
फिल्मले द्वन्द्व कालमा विस्थापित भएर मधेसमा बसोबास गर्न पुगेका समुदायको कथा समेट्ने बताइएको छ। निर्माण युनिट वैशाख २५ गतेदेखि छायाँकनमा जानेछ। फिल्मको छायाँकन धरान, झापा र काठमाडौंमा गरिनेछ।
फिल्ममा रामेश्वर हुमागाईँको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीको गीत रहनेछ।