PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सलमान खानका डान्स ट्रेनरको निर्देशनमा नेपाली गीत 'सानो मन'



पहिलोपोस्ट

सलमान खानका डान्स ट्रेनरको निर्देशनमा नेपाली गीत 'सानो मन'

काठमाडौैं:  बलिउड हिरो सलमान खानका डान्स ट्रेनर रहेका साजन सिंहले निर्देशन गरेको नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ। फिल्म 'सानो मन'को गीत युट्युब रिलिज भएको हो। 

निर्माण टिमले फिल्मको 'रानु कम्मर'बोलको गीत सार्वजनिक गरेको हो। रवि मल्ल र रोमन बज्रचार्यको शब्द रहेको गीतमा कल्याण सिंह र रोमनकै संगीत छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आयुष्मान देशराज जोशी श्रेष्ठ र शिल्पा मास्केसँगै गौरी मल्ल रश्मी भट्ट, विशाल पहाडी फिचर्ड छन्। सुयोग गुरुङको डेब्यू निर्देशनमा रहेको फिल्म आगामी असार २० गतेदेखि प्रदर्शनमा आउनेछ।

म्यूजिकल लभस्टोरी जेनरमा निर्माण भएको 'सानो मन'मा  राजेन्द्र मोक्तानको रंग संयोजन, सुयोग र मिलन श्रेष्ठको सम्पादन छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell