PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एन्फा डे मा ११ अवार्ड प्रदान : जुमानु र अनुलाई स्पेशियल कन्ट्रिबुसन अवार्डसहित नगद १५ लाख



पहिलोपोस्ट

एन्फा डे मा ११ अवार्ड प्रदान : जुमानु र अनुलाई स्पेशियल कन्ट्रिबुसन अवार्डसहित नगद १५ लाख

काठमाडौँ : नेपालको राष्ट्रिय फुटबल टिमका सदस्यद्वय जुमानु राई र अनु लामालाई एन्फाले विशेष योगदानको अवार्डबाट सम्मानित गरेको छ।

अखिल नेपवाल फुटबल संघले आइतवार एन्फा डे को अवसरमा जुलानुलाई पुरुष र अनुलाई महिलातर्फ सम्मान गरेको हो।

विशेष योगदान अवार्ड पाएक दुवै खेलाडीले नगद १५-१५ लाख प्राप्त गरे। जुमानुले एक थान मोटरबांइक र अनुले एक थान स्कुटर प्राप्त गरिन्।

महिला राष्ट्रिय टोलीका कप्तान समेत रहिसकेकी अनुले नेपालका लागि खेल्दै ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्। उनी विभागीय टोली एपीएफकी कप्तान हुन्। जुमानुले पनि पुरुष राष्ट्रिय टोलीका लागि खेल्दै ११ गोल गरेका छन्।

एन्फाले पहिलो पटक आयोजना गरेको एन्फा डे को अवसरमा विभिन्न ११ विधामा अवार्ड प्रदान गरिएको हो।

यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट भगिरथ आले मामा सम्मानित भएका छन्। उनले नगद ३ लाख ५० हजार र मोटरबाइक प्राप्त गरे।

यसैगरी विदेशमा खेल्ने उत्कृष्ट व्यवसायिक खेलाडीतर्फ किरण चेम्जोङ र रोहित चन्दले अवार्ड पाए।

महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक तथा राष्ट्रिय टिम पूर्व कप्तान हरि खड्काले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए। उनले अवार्डसँगै १ लाख र मोटरबाइक हात पारे।

उदीयमान खेलाडीको अवार्ड मञ्जलीकुमारी योन्जन र अभिषेक रिजालले पाएका छन् ।

यसैगरी राष्ट्रिय टोलीका पूर्व कप्तान  मणिविक्रम शाहको स्मृतिमा दिइएको उदयीमानतर्फको अवार्ड पुरुक्षतर् अभिषेक रिजाल र महिलातर्फ मन्जली कुमारी योन्जनले हात पारे।

मन्जलीले स्कुटर र १ लाख रुपैयाँ प्राप्त गरिन्। यस्तै पुरुषतर्फ अवार्ड पाएङ्का अभिषेक रिजालले मोटरबाइक र १ लाख रुपैयाँ प्राप्त गरे। नेपाल पुलिस क्लबमा पछिल्लो सिजन खेलेका उनले हाल मनाङबाट खेलिरहेका छन्। अभिषेक राष्ट्रिय यू-२३ टोलीका पनि सदस्य हुन्।

उत्कृष्ट रेफ्रीमा पुरुषतर्फ लव खत्री तथा महिलामा अस्मिता मानन्धर सम्मनित भए। उत्कृष्ट जिल्ला फुटबल संघको अवार्ड साफ च्याम्पियनसिप आयोजना गरेको मोरङ जिल्ला फुटबल संघ भयो।

यस्तै उत्कृष्ट क्लबको अवार्ड ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबले प्राप्त गर्‍यो। मनाङ नेपालबाट एएफसी कप खेल्ने पहिलो क्लब समेत बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell