PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नेपाल वायु सेवा निगमका कर्मचारी सुनसहित विमानस्थलबाट पक्राउ



सविन ढकाल

नेपाल वायु सेवा निगमका कर्मचारी सुनसहित विमानस्थलबाट पक्राउ
प्रतिकात्मक तस्बिर

काठमाडौः विमानस्थलबाट बाहिरिएको अवैध सुनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी परिसरको टोलीले आज साँझ सुनसहित नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले पुष्टि गरे। 

यादवले विदेशबाट आएको सुन धावनमार्गमा पुगेर लिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले यादवको साथबाट ३० तोला सुन बरामद गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell