PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

चन्द्रागिरी गोल्डकपको उपाधि च्यासल युथलाई



पहिलोपोस्ट

चन्द्रागिरी गोल्डकपको उपाधि च्यासल युथलाई

काठमाडौं : ललितपुरको च्यासल युथ क्लबले दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा सरस्वती युवा क्लबलाई २-० ले पराजित गर्दै च्यासल च्याम्पियन बनेको हो।

च्यासललाई च्याम्पियन बनाउन वैकल्पिक खेलाडी म्याक्सवेल एलोन र जुनियरले गरे। म्याक्सवेल दोस्रो हाफको सुरुमै अर्मान्डको स्थानमा मैदानमा प्रवेश गरेका थिए।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर च्यासलले दोस्रो हाफमा दुई गोल गर्दै उपाधि जित्यो।

५५औं मिनेटमा म्याक्सवेलले हेडमार्फत गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए। ७१औं मिनेटमा जुनियरले गोल गर्दै च्यासललाई च्याम्पियन बनाए।

६३औं मिनेटमा सरस्वती १० खेलाडीमा झरेको थियो। विशाल मगर दोहोरो पहेँलो कार्ड खादै मैदान बाट बाहिरिएपछि सरस्वती समस्यामा परेको थियो। च्यासलका जुनियर फाइनल खेलको यन अफ दि म्याच घोषित भए। उनले ५ हजार प्राप्त गरे।

च्याम्पियन च्यासलले ६ लाख रुपैयाँ हात पार्दा उपविजेता सरस्वतीले ३ लाख रुपैया पायो।

च्यासलका कप्तान अमिर श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट घोषित भएन। उनले नगद ३० हजार प्राप्त गरे।

च्यासलकै अर्मान्ड र मिलन राई प्रतियोगिताको सर्वाधिक गोलकर्ता चुनिए। उनीहरुले ३० हजार पुरस्कार राशिको १५-१५ हजार रुपैया बाँडे। अर्मान्ड र च्यासलले प्रतियोगिताभर समान २ गोल गरेका थिए।

प्रतियोगिताको विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, आयोजक दीपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकी र प्रतियोगिता संयोजक रमेश बुढाथोकी, मुख्य प्रायोजक रोज बहिनी सिर्जनशील समूहका अध्यक्ष माधव भण्डारीलगायतले पुरस्कृत गरे।

१५ बैशाखबाट शुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समुहसहित विभिन्न ८ टोलीको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell