PahiloPost

Oct 29, 2025 | १३ कात्तिक २०८२

अनु लामाको सन्यास



पहिलोपोस्ट

अनु लामाको सन्यास

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सर्वाधिक गोलकर्ता अनु लामाले सन्यासको घोषणा गरेकी छिन्।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतवार एन्फा डे को अवसरमा स्पेसल कन्ट्रिबुसन अवार्डबाट सम्मान गरेपछि अनुले सन्यास घोषणा गरेकि हुन्।

एन्फाले पहिलो पटक आयोजना गरेको एन्फा अवार्डमा अनु नगद १५ लाखबाट सम्मानित भएकी थिइन्।

अवार्ड पाएलगत्तै आफूलाई यो स्थानसम्म पुर्‍याउन मद्दत गर्ने सबैलाई धन्वाद दिँदै अनुले राष्ट्रको लागि गरेको योगदानको बदर भएको बताइन्।

त्यसपटि अवार्ड कार्यक्रम सकिएलगत्तै अनुले सन्यासको घोषणा गरेकी हुन्।

अनुले राष्ट्रिय महिला टिमका २४ क्याप जित्दै लागि सर्वाधिक ३५ गोल गरेकी छिन्। यसअघि अनुले घरेलु मैदानमा भउको पाँचौँ साफ महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना बनाएपनि उनी टिममा पर्न असफल भएकी थिइन्।

अनु घरेलु फुटबलमा भने एपीएफबाट खेल्दै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell