PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

वेष्ट इन्डिजका साइ होप र जोन क्याम्पवेलले बनाए एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान



पहिलोपोस्ट

वेष्ट इन्डिजका साइ होप र जोन क्याम्पवेलले बनाए एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान

वेस्ट इन्डिजका ब्याट्सम्यानद्वय साइ होप र जोन क्याम्पवेल एकदिवसीय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

आयरल्याण्ड, बंगलादेश र वेष्टइन्डिज समावेश त्रिकोणात्मक सिरिज अन्तर्गत आइतवार भएको पहिलो खेलमा यी दुई खेलाडीले पहिलो विकेटका लागि तेहेरो शतकको साझेदारी गर्दै नयाँ कीर्तिमान बनाए।

आयरल्याण्ड विरुद्धको खेलमा होप र क्याम्पवेलले पहिलो विकेटका लागि ३६५ रनको साझेदारी गरे। डब्लिनमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजका लागि दुई खेलाडीले ४७.२ ओभरसम्म सँगै खेलेका थिए। ४७.२ ओभरमा क्याम्पवेल आउट भएपछि साझेदारी तोडिएको थियो।

दुई खेलाडीको शतक मद्दतमा वेस्ट इन्डिजले ५० ओभरमा ३ विकेट गुमाएर ३८१ रन बनाएको थियो।

क्याम्पवेलले १७९ रन तथा होपले १७० रन बनाए। क्याम्पवेलले १३७ बल बेल्दै १६ चौका र ६ छक्का प्रहार गरे। यस्तै १५२ बल खेलेका होपले २२ चौका र २ छक्का प्रहार गरे।

होप र क्याम्पवेलले पाकिस्तानका इमाम उल हक र फकर जमनको नाममा रहेको कीर्तिमान तोडेका हुन्। गत जुलाईमा जिम्वावे विरुद्ध यो जोडीले पहिलो विकेटका लागि ३०४ रनको साझेदारी गरेका थिए।

एकदिवसीयमा कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारीको कीर्तिमान पनि वेष्ट इन्डिजके खेलाडीको नाममा छ। वेस्ट इन्डिजका क्रिस गेल र मार्लन सामुएल्सले सन् २०१५ मा जिम्बाबे विरुद्ध दोश्रो विकेटको लागि ३७२ रनको साझेदारी गर्दै कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारीको कीर्तिमान बनाएका थिए।

 

आयरल्याण्डमाथि फराकिलो जित

दुई खेलाडीले १५० भन्दा बढी रन बनाएको खेलमा वेष्ट इन्डिजले आयरल्याण्डलाज्ञ १९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

३८२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ३४.४ ओभरमा १८५ रनमा अलआउट भएको थियो।

 

एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि भएका सर्वाधिक साझेदारी

१. साइ होप र जोन क्याम्पवेल (वेष्ट इन्डिज) – ३६५ रन ( विरुद्ध आयरल्याण्ड , २०१९ मे )

२. इमाम उल हक र फखार जमान (पाकिस्तान) – ३०४ रन ( विरुद्ध जिम्बाबे , २०१८ जुलाई )

३. उपुल थरांगा र सनथ जयसुर्या (श्रीलंका) – २८६ रन ( विरुद्ध इंग्ल्याण्ड, सन् २००६ जुलाई )

४. डेभिड वार्नर र ट्रेभिस हेड (अस्ट्रेलिया) – २८४ रन ( विरुद्ध पाकिस्तान , सन् २०१७ जनवरी )

५. क्वेन्टन डे कक र हासिम आमला (दक्षिण अफ्रीका) – २८२* रन ( विरुद्ध बंगलादेश, सन् २०१७ अक्टोबर )

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell