
प्रिमियर लिगमा आइतवार वाटफोर्डलाई पराजित गरेपछि चेल्सीले शीर्ष चारमा स्थान सुरक्षित गर्दै अर्को सिजनको युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।
आइतवार भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३-० ले पराजित गरेको हो।
जितपछि चेल्सीले ३७ खेलबाट ७१ अंक जोडेको छ।
घरेलु मैदानमा चेल्सीको लागि रुबेन लुफ्टस चिक,डेविड लुइज र गोन्जालो हिग्वेनले एक-एक गोल गरे।
उता बराबरी हडर्शफिल्ड टाउनसँग १-१ को बराबरी खेलेको म्यानचेष्टर युनाइटेड भने शीर्ष चारमा नपर्ने पक्का भएको छ। आजको बराबरीपछि युनाइटेडको ३७ खेलबाट ६६ अंक छ र छैटौँ स्थानमा छ। युनाइटेडले बाँकी खेल जिते पनि चौथो स्थानको टोटनहम (७०) लाई भेट्ने छैन्।
यस्तै पाँचौ स्थानको आर्सनल पनि ब्राइटनसँग १-१ को बराबरीमा रोकिएको छ। उक्त बराबरीपछि आर्सनललाई पनि धक्का लागेको छ।