
मारियानो डियाजले दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा भियारियालमाथि कठिन जित हात पारेको छ।
घरेलु मैदानमा रियलले भियारियललाई ३-२ ले पराजित गर्दै ३ अंक जोडेको हो। यस सिजन ला लिगाको उपाधि बार्सिलोनाले जितिसकेको छ।
रियलको जितमा डियाजले दोस्रो र ४९औँ मिनेटमा गोल गरे। यस्तै जेसस भालेजोले ४०औँ मिनेटमा एक गोल गरे। भियारियलका लागि जेरार्ड मोरेनोले ११औँ र जाउमे कोस्टाले इन्जुरी टाइममा गोल गरे।
जितपछि ३६ खेलबाट ६८ अंक जोडेको रियल मड्रिड अंकतालिकामा तेस्रो स्थानमा छ।