PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

होस्टेलमा अलपत्र १९ बालबालिकाको प्रहरीले गर्‍यो महाराजगञ्जबाट उद्धार, सञ्चालक फरार



पहिलोपोस्ट

होस्टेलमा अलपत्र १९ बालबालिकाको प्रहरीले गर्‍यो महाराजगञ्जबाट उद्धार, सञ्चालक फरार
फाइल फोटो -काठमाडौँको कुलेश्वरमा रहेको मायाघरबाट प्रशासनले बालिकालाई उद्धार गर्दै गरेको तस्विर।

काठमाडौँः पढाउने भन्दै काठमाडौँ ल्याइ होस्टेलमा अलपत्र छाडिएका १९ बालबालिकाको प्रहरीले उद्धार गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले सोमबार बिहान न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरेको हो।

होस्टेलले बच्चा पठाइदिने भन्दै काठमाडौं ल्याएर अलपत्र पार्ने गरेको सूचनाको आधारमा उद्दार गरिएको वृत्तका प्रमुख डिएसपी फणिन्द्र प्रसाईँले जानकारी दिए।

होस्टलका सञ्चालक जयबहादुर विकले हुम्ला, जुम्ला लगायतका जिल्लाबाट बच्चा पढाइदिने भन्दै पैसा समेत लिएर अलपत्र पारेको डिएसपी प्रसाईँले बताए। दश वर्षसम्म बच्चा पढाइदिने भन्दै विकले बच्चाका परिवारसँग पैसा समेत असुल गरेका थिए।  

सञ्चालक विकले एक बच्चाको परिवारबाट ५० हजारदेखि एक लाख रुपैयाँसम्म लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘यो एक प्रकारको ठगी पनि हो। पढाउने भनेर नपढाइ राखेको देखियो,‘ प्रसाईँले भने।

तीन महिनादेखि बालबालिकालाई एक जना कर्मचारीको भरमा छोडेर सम्पर्कविहीन भएको होस्टलका एक कर्मचारीले प्रहरीमा बयान दिएका छन्।

प्रहरीका अनुसार विद्यार्थीलाई विद्यालय भर्ना गरिएको छैन।

विकले होस्टेल कर्मचारीलाई आमाबाबु बोलाएर बच्चा जिम्मा लगाइदिनु भन्दै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। विकको खोजी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell