PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

'मेट गाला'का होस्टमा प्रियांका चोपडा र निक जोनस



पहिलोपोस्ट

'मेट गाला'का होस्टमा प्रियांका चोपडा र निक जोनस

बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रियांका चोपडाले हलिउड फिल्ममा डेब्यू गरिसकेका छन्। प्रियांकाले त टेलिभिजन सिरिज क्वान्टिकोबाट हलिउडमा चर्चासमेत बटुलिन्।

यी दुई अभिनेत्रीले पछिल्लो समय फेसन प्रदर्शन गर्ने 'मेट गाला'मा समेत आफ्नो पहिरनले चर्चा कमाएका थिए। अभिनेत्री प्रियांकाको त 'मेट गाला'मा नै निक जोनससँग भेटेकी थिइन्।  त्यहीँबाट उनी दुईको प्रेम भएर बिहेसमेत भयो। 

न्यू योर्कमा हुने 'मेट गाला'मा प्रियांका र दीपिकाको सहभागिता रहने चर्चा छ। यसअघि दुई पटक दीपिकाले 'मेट गाला'मा उपस्थिती जनाइसकिन्।

उनले २०१७ मा पहिलोपटक हलिउड डेब्यू फिल्म 'त्रीपल एक्स: रिटर्न अफ जेन्डर केज'को समयमा गालामा उत्रिएकी थिइन्।

यो वर्ष प्रियांका र निक दुवैजना गालामा देखिने भएका छन्। उनी दुई यो वर्षको मेट गालाको होस्ट समुहमा पनि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell