
काठमाडौँ : नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी शनिवार एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेसलिङ हुने भएको छ।
नेपाल र चीनबीचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा बैशाख २८ गते एक दिने 'म के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको संघले जनाएको छ।
यो प्रतियोगिताले खेलकुदको माध्यमबाट समेत चीन र नेपालको सम्बन्धलाई बलियो बनाउन केहि योगदान दिने आयोजकको विश्वास छ।
त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने प्रतियोगितामा ८ देशका रेस्लरहरुको सहभागीता हुने आयोजकले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एके डब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ।
नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन्। त्यसैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागीता हुने छ। चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन्। हङकङका केसी, चियरम्यान एएल, मिचेल सु छन्। न्यूजिल्यान्डका टोमी कम्ब्याट छन्। प्रदिप पाण्डे, कुवरे केसी, विकाश खड्काले रेफ्रीको भूमिका निर्वाह गर्नेछन्।
प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ। जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ। प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन्।
यो प्रतियोगिता आयोजना गर्नका लागि ४५ लाख बजेट लाग्ने आयोजकले जनाएको छ।