PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बाबुराम पत्नी हिसिला नयाँ पार्टीमा उपाध्यक्ष, पदाधिकारी घोषणामा नाम तलमाथि भएको भन्दै सच्चिए बाबुराम



विधुर ढकाल

बाबुराम पत्नी हिसिला नयाँ पार्टीमा उपाध्यक्ष, पदाधिकारी घोषणामा नाम तलमाथि भएको भन्दै सच्चिए बाबुराम

काठमाडौं: संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टीको उपाध्यक्षहरुको सूचीमा डा बाबुराम भट्टराई पत्नी हिसिला यमीको नाम पनि घोषणा भएको छ।

पार्टीका अध्यक्ष भट्टराई स्वयंले पत्नी यमीको नाम घोषणा गरेका हुन्। पार्टीका पदाधिकारीहरुको नाम घोषणामा केही तलमाथि भएपछि भट्टराईले केही सच्चाएका थिए।

पदाधिकारीहरुको नाम वर्णानुक्रम अनुसार वाचन गरेका भट्टराईले हिसिला यमीको नाम अन्तिम तिर भने पछि सच्याएका हुन्। 

पार्टी एकीकरण सभामा उनले भने, 'केही तलमाथि भयो। आफ्नै मान्छेको नाम आएर त्यसो भयो भन्ने नठान्नुहोला।'

नयाँ शक्तिमा यमी सात सदस्यीय हेडक्वाटरमा सदस्य थिइन्।

नयाँ पार्टीका उपाध्यक्षहरुमा नवराज सुवेदी, परसुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिशिला यमी, लालबाबु राउत र हेमराज राई रहेका छन्।

संघीय परिषद्को अध्यक्ष बाबुराम, केन्द्रीय अध्यक्ष यादव

संघीय परिषद्को अध्यक्षको रुपमा बाबुरामलाई यादवले घोषणा गरे। वरिष्ठ नेता अशोक राई छन्। यादवले संघीय परिषद्को अध्यक्ष घोषणा गरेपछि पदाधिकारी घोषणा गर्न बाबुराम उभिएका थिए। उनले केन्द्रीय समितिको अध्यक्षमा यादवलाई घोषणा गरे। त्यसैगरी सह अध्यक्ष राजेन्द्र श्रेष्ठ भएका छन्।

३ जना महासचिवमा गंगानारायण श्रेष्ठ , रणध्वज कन्दङवा र रामसहाय यादव छन्। यता ३ उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी रहेका छन्।

चार जना सचिवमा मोहम्मद इस्तिहाद राई, दुर्गा सोब, पर्शुराम बस्नेत, प्रशान्त सिंह रहेका छन्। पार्टीका कोषाध्यक्ष विजयकुमार यादव भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell