PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

'प्रेमगीत ३'मा कसले पाउला त ब्रेक?



पहिलोपोस्ट

'प्रेमगीत ३'मा कसले पाउला त ब्रेक?

काठमाडौैं: फिल्म 'प्रेमगीत ३'को निर्माण युनिटले मुख्य अभिनेत्रीको अडिसन आह्रवान गरेको छ। टिमले अभिनेत्रीमा नयाँ अनुहार खोजिरहेका छन्।

यसअघि आशुसेन फिल्म्सको ब्यानरमा अभिनेत्री पुजा शर्मा र अश्लेषा ठकुरीले अवसर पाएका थिए। यहि ब्यानरले बनाएको 'मेरी मामू'मा पनि नयाँ अभिनेत्रीले अवसर पाएकी थिइन्।

अडिसन गरेर नै नयाँ अभिनेत्री चयन गरिने निर्माण युनिटले जनाएको छ। 'मुख्य अभिनेत्रीका लागी हामीले अडिसनबाटै एकजना राम्रो अभिनेत्री फिल्म क्षेत्रमा प्रवेश गराउने सोच राखेका छौं' टिमले जानकारी दिए।

अडिसनका लागि ४ तस्वीरसहितको बायोडेटा आशुसेनलाई पठाउनुपर्ने बताइएको छ। आवेदकको उचाई ५.२ देखि ५.७ सम्म हुनुपर्ने टिमले जनाएको छ।

 फिल्मको मुख्य अभिनेतामा अहिलेलाई प्रदीप खड्का नै फाइनल भइसकेको फिल्म क्षेत्रमा चर्चा छ। कसले पाउला त 'प्रेमगीत ३'मा ब्रेक? प्रतिक्षाको विषय बनेको छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell