PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ने क पा र कांग्रेस निभ्ने बेलाको बत्ती, पृथ्वीनारायणले भूगोलको एकीकरण गरे, हाम्रो अभियान राष्ट्रिय एकीकरणको : बाबुराम



विधुर ढकाल

ने क पा र कांग्रेस निभ्ने बेलाको बत्ती, पृथ्वीनारायणले भूगोलको एकीकरण गरे, हाम्रो अभियान राष्ट्रिय एकीकरणको : बाबुराम

काठमाडौं: पार्टी एकीकरणपछि समाजवादी पार्टी, नेपाल संघीय परिषद्का अध्यक्ष बनेका डा बाबुराम भट्टराईले कांग्रेस निभ्न लागेको बत्ती भएको बताएका छन्।

त्यसैगरी भट्टराईले ने क पा पश्चगामी भएको र एकतापछिको नयाँ पार्टी क्रान्तिकारी भएकी दाबी गरेका छन्।

एकता सभालाई सम्बोधन गर्दै बाबुरामले भने, 'हिजो विभिन्न क्रान्तिकारी पार्टीका अग्रगामी कित्ता आज फरक रुपमा क्रान्ति अगाडि बढाउन समाजवादी पार्टी बनेको छ। अर्को कित्ता पश्चगामी रुपमा नेकपा र कांग्रेसहरु छन्। कम्युनिस्टहरु केही चमक भएपनि निभ्ने बेलाको बत्ती हो। हिजो स्टालिनो पाला देखि तानाशाही हुँदै कमाउनिस्ट भएका छन्।'

समाजवादी पार्टीको गठन साना तिना सटर खोलेर व्यापार गर्न खोलिएको नभएको उल्लेख गर्दै भट्टराईले अर्को छलाङका लागि पार्टी गठन भएको बताए। भने, 'फेरि अर्को ठूलो छलाङ हान्दै छौँ। यो पार्टीको एकतामात्र होइन राष्ट्रिय एकीकरण हो। हिजो अढाई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले भूगोलको एकीककरण गरे यो पार्टीको एकता, भाषा, धर्म, जाति समुदाय र क्षेत्रलाई संघीय ढाँचामा एकता गर्ने राष्ट्रिय एकीकरणको अभियान हो।'

उनले इतिहासमा एउटा अग्रगामी र अर्को पश्चगामी र यथास्थितिवादी भएको र नयाँ पार्टी क्रान्तिकारी भएको दाबी गरे।

'हिजोका क्रान्तिकारीहरु पश्चगामी बनेका छन्। हिजो जनयुद्ध गरेको एउटा कित्ता हिजो आतंककारी भन्ने हरुसँग जोडिएर पश्चगामी कित्तामा जोडिएको छ। अर्को कित्ता फरक रुपमा त्यही क्रान्तिकारी झण्डा उठान गर्दै छ। मधेस आन्दोलनको क्रान्तिकारी कित्ता, हिजो झापा संघर्षमा क्रान्तिकारी विरासत बोकेको एमाले भित्रको क्रान्तिकारी कित्ता अशोक राईहरु यो क्रान्तिकारी कित्तामा आउनु भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell