PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

यसकारण बन्न सकेन 'वीर बिक्रम'को सिक्वेल



पहिलोपोस्ट

यसकारण बन्न सकेन 'वीर बिक्रम'को सिक्वेल

काठमाडौैं: फिल्म 'वीर बिक्रम'को सिक्वेलका लागि सुरुमा निर्देशक मिलन चाम्सले दयाहाङ राई र अनुप बिक्रम शाहीलाई प्रस्ताव राखेका थिए। तर, दया र अनुपले सकरात्मक प्रतिक्रिया नदिएपछि सिक्वेल बन्न नसकेको निर्देशक मिलन चाम्सले बताए।

'मेरो नराम्रो दुष्मन भनेको समयमा चल्न नसक्नेहरु नै हो। उहाँहरुले दिएको समयमा दया र बिक्रम तयार देखिएनन्। त्यसैले मैले उहाँहरुलाई कुर्न सुकिन' मिलनले भने।

त्यसपछि भने मिलनले 'वीर बिक्रम २' बनाए। फिल्म घोषणादेखि नै उनले यो फिल्मलाई 'वीर बिक्रम'को सिक्वेल नरहेको बताउँदै आएका छन्।  यो फिल्ममा भने अभिनेता पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनको मुख्य अभिनय छ।

'वीर बिक्रम २'मा दोहोरिएका एउटै कलाकार हुन् नाजिर हुसेन। यसअघि मिलनले निर्देशन गरेको 'वीर बिक्रम'मा नाजिरले अभिनय गरेका थिए। 'वीर बिक्रम २'मा नाजिर सहायक अभिनेताको भूमिकामा देखिँदैछन्। मित्रताको कथामा बनेको फिल्ममा उनी पलका साथिको भूमिकामा देखिनेछन्।

नाजिरबारे निर्देशक चाम्सले बताए 'सुरुमा उसलाई लिँदा उ लिखुरो थियो। पछि जिम गरेर बडि बनाइसकेपछि हिरो जस्तो लाग्यो। त्यसैले यो फिल्ममा सहायक अभिनेताको रुपमा लिँए।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell