PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टोली अस्ट्रेलिया जाँदै, पदक जित्ने लक्ष्य



पहिलोपोस्ट

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टोली अस्ट्रेलिया जाँदै, पदक जित्ने लक्ष्य

काठमाडौं : अस्ट्रेलियामा हुने वर्ल्ड र्‍याफटिङ च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार अस्ट्रेलियाको क्विन्सल्यान्ड जाँदैछ।

मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट सुरज गुरुङ, शक्ति कुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा निम बहादुर मगर रहेका छन्।

टिममा २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ।

नेपालले मे १६ तारिखमा स्प्रिन्ट, मे १७ मा हेड टु हेड, मे १८ मा स्लालम र मे १९ मा डाउन रिभर रेसमा सहभागिता जनाउने छ।

नेपालले विश्व च्याम्पियनसिपमा दोश्रो पटक सहभागिता जनाउन लागेको हो। २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । त्यत्ति बेला खेलेका कुनैपनि खेलाडी अहिलेको टिममा छैनन्।

टोलीलाई सोमवार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले  शुभकामना दिदै बिदाई गरे।

प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने छ।

गत संस्करणमा अर्जेन्टिनामा भएको च्याम्पियनसिसपमा भने नेपालले सहभागिता जनाएको थिएन।

यस पटक नेपालले च्याम्पियनसिपको लागि २ महिना प्रशिक्षण गरेको छ। यस पटक तयारी राम्रो भएकोले पदक जित्ने लक्ष्य रहेको कप्तान सुरज गुरुङले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell