
काठमाडौँ : काठमाडौंमा जारी मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्।
कीर्तिपुरस्थित टीयू मैदान सोमवार भएको सेमिफाइनलमा प्रदेश दुईले प्रदेश तीनलाई र सुदूरपश्चिम प्रदेशले प्रदेश एक लाई पराजित गर्दै उपाधि भेट पक्का गरेका हुन्।
पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले प्रदेश एक लाई ३० रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश सातले ३० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो। उसका लागि सुवास ऐयरले ४३ तथा दिपेन्द्र ठाकुरले २५ रन बनाए। यस्तै आशिष भट्टले २६ रनको योगदान गरे।
जवाफमा प्रदेश एकले २५.२ ओभरमा सबै विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो।
प्रदेश एकका लागि सुमन सुन्दासले ४४, आइन्स्टाइन रिजालले ३१ तथा सिमरन राईले २७ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट हुन पुगे।
सुदूरपश्चिमलाई जित दिलाउन बलिङमा पनि उत्कृष्ट प्रद्शन गर्दै सुवास ऐरले सर्वाधिक ४ विकेट लिए।
यस्तै दोस्रो सेमिफाइनलमा प्रदेश दुईले प्रदेश तीनलाई ४ विकेटले हरायो।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीनले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १२१ रन बनाएको थियो। प्रदेश तीनका लागि प्रशान्त महतले २२ तथा आशिष भट्टराईले २७ रन बनाए।
१२२ रनको लक्ष्य प्रदेश दुईले २५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
प्दरेश २ को जितमा मेघराज महराले ४७ तथा निखिल सिंहले ३२ रन बनाए। यस्तै रोहन विकले २१ रनको योगदान गरे। प्रदेश तीनका कृष कार्की र तिलक भण्डारीले २-२ विकेट लिए।
फाइनल खेल मंगलवार हुनेछ।