PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

फुटबल क्लबहरुलाई काठमाडौँ महानगरपालिकाको सम्मान र अनुदान



पहिलोपोस्ट

फुटबल क्लबहरुलाई काठमाडौँ महानगरपालिकाको सम्मान र अनुदान

काठमाडौं : काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्लामा रहेर शहिद स्मारक लिग खेल्ने क्लबहरुलाई सम्मान र अनुदान प्रदान गरेको छ।

महानगरपालिकाले सोमवार काठमाडौँका ए डिभिजन क्लबलाई सम्मान तथा ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई नगद अनुदान प्रदान गरेको हो।

राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले काठमाडौँका ६ ए डिभिजन क्लबलाई कदर पत्र प्रदान गरेको हो।

एन्फाले आयोजना गरेको शहिद स्मारक ए डिभिजन लिग खेल्नुअघि नै महानगरपालिकाले ए डिभिजन क्लबलाई नगद र खेल सामाग्रीसहित १० लाख बराबरको सहयोग गरेको थियो। त्यसैद्ये यस पटक सम्मान मात्र गरेको महानगरपालिकाले जनाएको छ।

काठमाडौँमै रहेको मनाङ मर्स्याङ्दी क्लबले ए डिभिजन लिग उपाधि जित्दा संकटा क्लब दोस्रो भएको थियो। यी दुई क्लबसहित हिमालयन शेर्पा, सरस्वती युथ क्लब, मछिन्द्र क्लब र एनआरटीलाई सम्मान गरिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ६ क्लबलाई कदर पत्र प्रदान गरे।

यसैगरी शाक्यले बी डिभिजनका ५ र सी डिभिजनका ७ क्लबलाई भने नगदको डमी चेक प्रदान गरे।

यसअघि नै ए डिभिजन क्लबलाई नगद सहयोग गरिसकेकोले बाँकी क्लबहरुलाई पनि थोरै मात्रमा भएपनि नगद सहयोग गरेको उनले बताए।

बी डिभिजन लिग क्लबहरु ब्वाइज युनियन, अन्नपूर्ण, टुसाल युथ क्लब, बाँसबारी, श्रीकुमारीलाई ३-३ लाख प्रदान गरिएको हो।

यसैगरी काठमाडौँमा रहेका सी डिभिजन क्लबहरु सानो गौचरण क्लब, समाज कल्यान युवा क्लब, प्लानिङ ब्वाइज, स्वयम्भु क्लब, समाजिक युवा क्लब, महाविर क्लब र मनोहरा  एकिकृत युवा क्लबलाई २-२ लाख प्रदान गरिएको छ।

मेयर शाक्यले खेलकूदले सबैलाई एकजुट गराउने र देशको नाम राख्ने भएकोले महानगरपालिकाले फुटबल क्लबलाई थोरै भएकपनि सहयोगगको सुरुवात गरेको बताए। उनले आगामी दिनमा पनि सहयोग निरन्तर हुने बताए।

अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्लबहरु आर्थिक रुपमा सक्षम नभई व्यवसायिक हुन नसक्ने भन्दै महानगरपालिकाको सम्मानले क्लबहरुलाई केही राहत भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell