PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

भारतीय लिगमा सावित्राको शानदार सुरुवात : २९ सेकेण्डमै गोल, पहिलो खेलमा ह्याट्रिक



पहिलोपोस्ट

भारतीय लिगमा सावित्राको शानदार सुरुवात : २९ सेकेण्डमै गोल, पहिलो खेलमा ह्याट्रिक


काठमाडौँ : पुरुष फुटबल खेलाडीले विदेशमा खेलेर नेपालको नाम उचो बनाइरहेको बेला नेपालको महिला खेलाडीले पनि विदेशी लिगमा खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले इन्डियन वुमन्स लिगमा डेब्यु गर्दै शानदार सुंरुवात गरेकी छिन्।

सेथु एफसीका लागि खेलेकी उनले लिगको डेब्यु खेलमै प्रभावशाली प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरिन्। सावित्राको ४ गोल मद्दतमा सेथुले मणिपुर पुलिस स्पोर्ट्सलाई ६-४ ले पराजित गरेको हो।

सावित्राले एक गोलको लागि सहयोग समेत गरिन्।

पहिलो खेलमै पहिलो रोजाईँमा खेलेकी सावित्राले खेल सुरु भएको २९ सेकेण्डमै पहिलो गोल गरिन् भने १६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा ३५औँ मिनेटमा तेस्रो गोल  गर्दै ह्याट्रिक पूरा गरिन्। सावित्राले ७५औँ मिनेटमा व्यक्गत चौथो गोल गरिन्।

सेथुका लागि ग्रेसले दुई गोल गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell