PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

कोटेश्वरमा भेटिएको शंकास्पद बस्तु विस्फोटक पदार्थ नभएको प्रहरीको दावी



पहिलोपोस्ट

कोटेश्वरमा भेटिएको शंकास्पद बस्तु विस्फोटक पदार्थ नभएको प्रहरीको दावी
फोटोः प्रविन रानाभाट

काठमाडौः कोटेश्वरमा  फेला परेको शङ्कास्पद बस्तु विस्फोटक पदार्थ नभएको प्रहरीले दावी गरेको छ। 

नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा विस्फोटक पदार्थ नभएको महानगरीय प्रहरी वृत्तका डिएसपी गोविन्द काफलेले जानकारी दिए। 'फोहोरमा एउटा झोला थियो। त्यहाँ कुनै विस्फोटक पदार्थ नभएर तर्साउन मात्र खोजिएको देखियो।' डिएसपी काफ्लेले भने।

शङ्कास्पद बस्तु भएकाले प्रहरीले कोटेश्वर भक्तपुर  चल्ने सवारीलाई तीनकुने र कोटेश्वर चोकमा रोकेको थियो। जसको कारण यस क्षेत्रमा चल्ने सवारी साधन केही समय अस्तव्यस्त भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell