PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

प्रिमियर लिग : कोम्पनीको एक मात्र गोलमा म्यानचेष्टर सिटी विजयी, उपाधिको टुङ्गो अन्तिम दिन नै लाग्ने



पहिलोपोस्ट

प्रिमियर लिग : कोम्पनीको एक मात्र गोलमा म्यानचेष्टर सिटी विजयी, उपाधिको टुङ्गो अन्तिम दिन नै लाग्ने

कप्तान भिनसेन्ट कोम्पनीले गरेको एक मात्र गोलको मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गर्दै उपाधि रक्षा अधियानलाई कायमै राखेको छ।

लिगमा यस सिजन अब १ खेल मात्र बाँकी रहेदाँ सिटीले दोस्रो स्थानको लिभरपुलमाथि १ अंकको अग्रता कायम गरेको छ।

यसले उपाधि होडलाई अझै रोमाञ्चक बनाएको छ। यस सिजन उपाधि होडमा सिटी र लिभरपुबीच धेरै अघि देखि नै प्रतिस्पर्धा चल्दै आएको छ।

अब अन्तिम खेलमा पनि त्यो होड कायमै रहने भएको छ।

समान ३७खेलपछि सिटी ९५ अंकका साथ पहिलो र लिभरपुल ९४ अंकसहित दोस्रो स्थानमा छ।

सिटी उपाधि होडमा कायम राख्न कप्तान कोम्पनीले खेलको ७०औँ मिनेटमा लापोर्टेल पासमा गोल गरेका थिए।

यस खेल नजितेको भए सिटी उपाधि होडमा पछि पर्ने थियो। तर कोम्पनीको गोलले सिटीलाई ३ अंक दिलायो।

अब अन्तिम लिग खेलमा सिटीले ब्राइटनसँग खेल्नेछ भने लिभरपुलले वुल्भ्ससँग खेल्नेछ। सिटीले आफ्नो खेल जितेमा मात्र पनि च्याम्पियन बन्नेछ।

लिभरपुल च्याम्पियन बन्नका लागि सिटीले अंक गुमाउनुपर्नेछ। यदी सिटीले बराबरी र पराजयको नतिजा निकालेमा लिभरपुलले जित हात पारेमा लिभरपुल च्याम्पियन बन्नेछ।

सिजनको अन्तिम चरणको सबै खेल मे १२ मा एकसाथ हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell