PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बस्दै : चुनाव चिन्ह मसाल कि आँखा?



पहिलोपोस्ट

समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बस्दै : चुनाव चिन्ह मसाल कि आँखा?

काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भइ गठन भएको समाजवादी पार्टी नेपालको पहिलो केन्द्रीय समिति बैठक आज बस्दैछ।

काठमाडौंको बुद्धनगरस्थित पार्टी प्यालेसमा नवगठित पार्टीको केन्द्रीय समिति बैठक हुन लागेको केन्द्रीय सदस्य फिरोज मंसुरले जानकारी दिए।

तत्कालीन फोरमको २ सय ८० र नयाँ शक्तिको १ सय ५० गरी समाजवादी पार्टीको करिब ४ सय ३० सदस्यीय केन्द्रीय समितिमा छन्।

नव गठित समाजवादी पार्टीका नेता एवं प्रदेश २ का राज्यमन्त्री योगेन्द्र रायका अनुसार आजको बैठकमा निर्वाचन आयोगमा पार्टी दर्तालगायतका विषयमा छलफल हुनेछ।

उनका अनुसार प्रदेश र जिल्ला तहको समायोजन र पार्टीको चुनाव चिन्हका विषयमा छलफल हुनेछ।

समाजवादी पार्टीभित्र मसाललाई चुनाव चिन्ह बनाउनु पर्ने पक्ष बलियो भएको देखिन्छ। तर, नयाँ शक्ति पक्षले आँखा पनि उपयुक्त हुने दाबी गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell