PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

साउन ३० मा 'हजार जुनीसम्म' र 'दयारानी' भिड्ने



पहिलोपोस्ट

साउन ३० मा 'हजार जुनीसम्म' र 'दयारानी' भिड्ने

काठमाडौैं:  प्रदर्शनको तयारीमा रहेको 'दयारानी'को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले नयाँ प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक गरेको हो।

यसअघि निर्माण टिमले जेठ १० गतेलाई प्रदर्शन टार्गेट बनाएको थियो। तर, अब भने फिल्मको प्रदर्शन मिति सरेर साउन ३० लाई लक गरिएको टिमले जनाएको छ।

पोस्टरमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र दीया पुन फिचर्ड छन्। 'वीर बिक्रम'बाट दर्शकले रुचाएको यो जोडीले एकसाथ करिव चार फिल्म गरिसकेका छन्।

फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन्। फिल्मले एक अहङ्कारी श्रीमानबाट श्रीमतीले भोग्ने समस्याको कथा समेट्ने बताइएको छ। पोखरामा गुरुङ भाषाको फिल्म निर्देशन गर्न सक्रिय रहेका माओत्सेले अब मूलधारे फिल्ममा पनि पाइला चालेका हुन्। 

यहि मितिमा अर्को फिल्म  'हजार जुनीसम्म' प्रदर्शनमा आउनेछ। बिकास आचार्य निर्देशित फिल्मसँग अब यो फिल्मको प्रतिस्पर्धा पक्का छ। 

'वीर बिक्रम'बाट दर्शकले रुचाएको यो जोडीले एकसाथ करिव चार फिल्म गरिसकेका छन्। फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन्।

फिल्मले एक अहङ्कारी श्रीमानबाट श्रीमतीले भोग्ने समस्याको कथा समेट्ने बताइएको छ। पोखरामा गुरुङ भाषाको फिल्म निर्देशन गर्न सक्रिय रहेका माओत्से अब मूलधारे फिल्ममा पनि अनुभव बटुलेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell