PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

राष्ट्रिय फुटबल टिमको ट्रेनिङ सुरु, हेर्नुस् फोटोमा

राष्ट्रिय फुटबल टिमको ट्रेनिङ सुरु, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपालको राष्ट्रिय फुटबल टिमले आगामी जुनमा हुने मैत्रीपूर्ण खेलका लागि तयारी सुरु गरेको छ।

मुख्य प्रशिक्षक योहान कलिन र सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको प्रशिक्षण सुरु गराएका हुन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा टोलीले मंगलबारदेखि प्रशिक्षण सुरु गरेको हो।

सुरुमा खेलाडीहरु फिटनेशको ट्रेनिङ गराइएको छ। प्रशिक्षक कलिनले प्रारम्भिक चरणमा ४२ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्।

अहिले मोफसलमा नकआउट फुटबल चलिरहेकाले सबै खेलाडी भने उपस्थित भएका छैनन्।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोट चरण खेल्नुअघि नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेईसँग मैत्रीपूर्ण म्याच खेल्दैछ।

पहिलो पटक नेपालले विश्वकपको लागि सिधै दोस्रो चरणको छनोट खेल्न लागेको हो।

स्वीडिस कलिन प्रशिक्षक भएपछि नेपालले कुवेतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपालले एक बराबरी र एक हारको नतिजा निकालेको थियो।

 

फोटो : एन्फा



ट्रेन्डिङ पोस्ट

Ncell