PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

टाइगर उड्सलाई अमेरिकाको उच्च सम्मान



पहिलोपोस्ट

टाइगर उड्सलाई अमेरिकाको उच्च सम्मान

विश्व गल्फका लिजेण्ड तथा १५ पटकको मेजर विजेता टाइगर उड्स अमेरिकाको उच्च सिभिलियन सम्मानबाट सम्मानित भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटनमा आयोजना विशेष समारोहमा उड्सलाई प्रेसिडेन्टल अफ फ्रिडम हवार्ड प्रदान गरेका हुन्।

४३ वर्षे उड्सले गत अप्रिलमा अगुस्टामा भएको मेजर गल्फको उपाधि जितेका थिए। जुन उड्सले ११ वर्षपछि जितेका थिए।

त्यसैका कारण उड्सले अमेरिकाको उच्च सम्मान पाएका हुन्।

उड्सले अवार्ड समारोहमा आफ्ना दुई बच्चा र आमालाई धन्यवाद दिएका थिए।

यो अवार्ड त्यस्तो ब्यक्तिलाई दिने गरिन्छ, जसले देशको सुरक्षामा योगदान गरेको, विश्व शान्तीमा सहयोग गरेको लगायतका आवश्यकता छन । जसमा उड्स खेलकुदबाट पर्ने चौथो व्यक्ति हुन ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell