
काठमाडौैं: 'इन्टु मिन्टु लण्डनमा'की निर्देशक एवं कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्वल शम्शेर जबराको आज विवाह हुँदैछ।
बग्गी चढेर प्रज्वलको जन्ती रेनशालाई लिन विवाह मण्डप पुगिसकेका छन्। मण्डपबाटै अभिनेत्री शुष्मा कार्कीले फेसबुक लाइभ गरेकी छिन्।
दौरा सुरुवालमा सजिएका छन् प्रज्वल। दुलही बनेकी रेनशा भने किराँत सँस्कृती झल्कने पहिरनमा देखिन्छिन्। उनले लेहेङ्गासहित किराँत परम्परागत गहना लगाएकी छिन्।
रेनशा र प्रज्वल लामो समयदेखि प्रेम सम्बन्धमा थिए।