PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'मेट गाला २०१९'मा सेलिब्रेटीहरुको यस्तो लुक्स

'मेट गाला २०१९'मा सेलिब्रेटीहरुको यस्तो लुक्स

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौैं:  पहिरनको प्रदर्शन गर्ने 'मेट गाला' संसारकै महंगो टिकट सम्मलेनका रुपमा चर्चित छ। न्यू योर्कमा रहेको 'मेट्रोपोलिटेन्ट म्यूजियम अफ आर्टस् कन्स्ट्यूम इन्स्टिच्यूट'का लागि फण्ड रेज गर्न आयोजना हुँदै आएको यो प्रदर्शन संसारकै ठूलो फेसन कार्यक्रममा रुपमा लिइन्छ।

यो वर्षको 'मेट गाला'मा विश्व प्रख्यात सेलिब्रेटीहरुको सहभागिता थियो। हरेक वर्षझैं यो वर्ष पनि कार्यक्रमको छुट्टै थिम थियो। यसपालीको थिम भने 'नोट्स अन फेसन' थियो।

अमेरिकाको लेखक राजनैतिक अभियान्ता शुसन सोन्टाजले सन् १९६४ मा लेखेको निबन्ध 'नोट्स अन क्याम्प'बाट यो थिम प्रभावित रहेको बताइएको छ।

यस वर्षको प्रदर्शन आइरोनि, ह्यूमर, प्यारोडीलगायत अन्य विषयमा आधारित थियो। 'मेट गाला'को सुरुवात गुलाबी पहिरनमा हलिउड अभिनेत्री/गायिका लेडी गागाले प्रदर्शनको कार्पेट प्रवेश गरेपछि सुरु भयो। हलिउडमा डेब्यू गरिसकेका दीपिका पादुकोण र प्रियांका चोपडा अनि निक जोनस पनि प्रदर्शनको केन्द्रमा रहे।

 



ट्रेन्डिङ पोस्ट

Ncell