PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

दीपिका प्रसाईं र दिवाकर भट्टराईको बिहे



पहिलोपोस्ट

दीपिका प्रसाईं र दिवाकर भट्टराईको बिहे

काठमाडौैं: अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईको बिबाह भएको छ। धनगढीमा उनी दुईको बिबाह भएको हो।

उनीहरुको बिहेका तस्वीर गिरिस घिमिरेले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। तस्वीरमा दिवाकर दौरा सुरुवालमा सजिएका देखिन्छन्। अभिनेत्री दीपिकाले भने रातो रङ्गको लेहेङ्गा पहिरेकी छिन्।

 उनीहरुको बिबाहमा अभिनेता प्रशान्त ताम्राकार पनि पुगेका छन्। निर्देशक भट्टराईले निर्देशन गरेको 'ऐश्वर्य'मा प्रशान्तले यी दुवैसँग काम गरेका थिए।

दीपिका र दिवाकरका फ्यानले उनीहरुलाई बधाई दिएका छन्। दीपिका अभिनित पछिल्लो फिल्म छ 'छक्का पञ्जा ३' हो भने, 'क्याप्टेन' निर्देशक भट्टराईले हालै निर्देशन गरेको फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell