PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

टीयू क्रिकेट मैदानमा नेपाल, ओमान र अमेरिकाबीच सिरिज हुने



पहिलोपोस्ट

टीयू क्रिकेट मैदानमा नेपाल, ओमान र अमेरिकाबीच सिरिज हुने

काठमाडौँ : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल हेर्ने नेपाली क्रिकेट र दर्शक प्रतिक्षा पूरा हुने भएको छ।

नेपाली क्रिकेट टिमले अर्को वर्ष कीर्तिपुरस्थित टीयू मैदानमा ओमान र अमेरिका समावेश त्रिकोणात्मक सिरिज खेल्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) आइसीसी विश्वकप लिग-२ अन्तर्गत यी तीन देशको सिरिज काठमाडौँमा खेलाउने भएको हो।

आइसीसीले जारी गरेको मिडिया रिलिजअनुसार नेपाल, ओमान र अमेरिकाबीच सिरिज २०२० फेब्रुअरी ५ देखि १२ तारिखसम्म हुनेछ।

विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने यो पहिलो सिरिज हो। आइसीसीले नेपाल समावेश हुने तीन सिरिजको स्थान र मिति तय गरेको छ। जसअन्तर्गत घरेलु मैदानमा खेलेपछि नेपालले नामिबिया र पपुवा न्युगिनी समावेश सिरिज नामिबियामा खेल्नेछ।

उक्त सिरिज २०२० अप्रिल २० देखि २७ सम्म हुनेछ।  यसैगरी नेपाल, पपुवा न्युगिनी र युएई समावेश सिरिज पपुवा न्युगिनीमा हुनेछ। उक्त सिरिज २०२० जुन ९ देखि १६ सम्म सञ्चालन हुनेछ।

आइसीसीले विश्वकप लिग- २ मा २१ वटा सिरिज खेलाउने तय गरेको छ। तर बाँकी सिरिजको भने मिति र स्थान तय भएको छैन। यी सिरिजहरु २०२० देखि २०२२ सम्म चल्नेछन्।

प्रत्येक सिरिजमा कूल ६ खेल हुनेछ र एक टिमले अर्को टिमसँग दुई खेल खेल्नेछ। एक टिमले एउटा सिरिजमा ४ खेल खेल्नेछ। 

नेपालले तीन वर्ष चल्ने विश्वकप लिग-२ को ९ सिरिज खेल्नेछ जसमा ३६ ओडिआई खेल खेल्न पाउनेछ।

सिरिज अन्तर्गत पहिलो सिरिज सन् २०१९ अगष्ट १४ मा स्कटल्याण्डमा सुरु हुनेछ। उक्त सिरिजमा स्कटल्याण्ड, ओमान र पपुवा न्युगिनीले प्रतिस्पर्धा गर्नेछन्।

 

नेपालले खेल्ने सिरिजहरु:

फेब्रुअरी ५ देखि १२, २०२० : नेपाल, ओमान र अमेरिका (टीयु मैदान, नेपाल)

अप्रिल २० देखि २७, २०२० : नेपाल, नामिबिया र स्कटल्याण्ड (नामिबिया)

जुन ९ देखि १६, २०२० : पपुवा न्युगिनी, युएइ र नेपाल (पपुवा न्युगिनी)

जुन २०२० : स्कटल्याण्ड, नेपाल, नामिबिया (स्थान तोकिएको छैन)

जनवरी २०२१ : ओमान, अमेरिका र नेपाल (स्थान तोकिएको छैन)

फेब्रुअरी २०२१ : नेपाल, युएइ, पपुवा न्युगिनी (स्थान तोकिएको छैन)

अगस्ट २०२१ : अमेरिका, नेपाल, ओमान (स्थान तोकिएको छैन)

नोभेम्वर २०२१ : नेपाल, नामिबिया र स्कटल्याण्ड (स्थान तोकिएको छैन)

जनवरी २०२२ : युएइ, पपुवा न्युगिनी र नेपाल (स्थान तोकिएको छैन)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell