काठमाडौं : नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा २०औँ राष्ट्रिय पुरुष खुल्ला तथा १३औँ राष्ट्रिय महिला तौल समुह फुलकन्टयाक्ट कराते प्रतियोगिता यही बैशाख २७ र २८ गते हुने भए छ।
संघले मंगलवार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनि कभर्ड हलमा सञ्चालन गर्ने जानकारी दिएको हो।
सातवटै प्रदेशबाट गरी प्रतियोगितामा पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रो १५, तेस्रो ७ हजार ५ सय र चौथो हुनेलाई ३ हजार ५ सय रुपैयाँको व्यवस्था गरिएको छ।
यस्तै महिला स्पर्धाको पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार, तेस्रोले २५ सय र चौथोले १ हजार प्राप्त गर्नेछ।
प्रतियोगिता आयोजना गर्न करिब १२ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले बताए।