PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

२०२० मा हुने सिरीजको तयारी अहिले नै गर्नुपर्छ : प्रशिक्षक जगत टमाटा



गोविन्दराज नेपाल

२०२० मा हुने सिरीजको तयारी अहिले नै गर्नुपर्छ : प्रशिक्षक जगत टमाटा

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालको राष्ट्रिय क्रिकेट टिमले अर्को वर्ष फेब्रुअरीमा घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्ने भएको छ।

विश्वकप लिग-२ अन्तर्गत हुने उक्त सिरिजमा नेपालसहित ओमान र अमेरिका समावेश छन्।

नेपालले घरेलु मैदानमा पहिलो पटक ओडिआई सिरिज खेल्ने अवसर पाउँदैछ। गत वर्ष मार्चमा चार वर्षको लागि अस्थायी ओडिआई मान्यता पाएको नेपालले अहिलेसम्म दुई ओडिआई सिरिज खेलेको छ। नेदरल्याण्ड्स विरुद्धको पहिलो सिरिज बराबरी गरेको नेपालले युएई विरुद्धको ३ खेलको सिरिज २-१ ले जितेको थियो।

सन् २०२० फेब्रुअरीमा नेपालले घरेलु मैदानमा सिरिज खेल्ने खबर सार्वजनिक भएपछि नेपाली खेलाडी, क्रिकेट समर्थक र दर्शकहरु उत्साहित भएका छन्।

तर राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटाले भने नेपालको लागि यो अवसर र चुनौती भएको बताए।

घरेलु मैदानमा सिरिज हुनेपछि पहिलोपोस्टसँगको कुराकानीमा टमाटाले घरेलु मैदानमा ओडिआई सिरिज खेल्ने पाउने खबरले खुशी भएको बताए। साथै उनले त्यसको लागि तयारी सबैभन्दा महत्वपूर्ण हुने बताए।

'सबैभन्दा पहिला खुशी छौँ। होम ग्राउण्डमा पहिलो ओडिआई सिरिज हुँदैछ। आइसीसीको क्यालेन्डरमा आछ। त्यसको तयारीको विषय सबैभन्दा महत्वपूर्ण छ।'

नेपाली क्रिकेटको सर्वोच्च संस्थान क्यान आइसीसीकै निलम्वनमा रहेका कारण अहिले सबै विषय आइसीसीले नै हेर्दै आएको छ।

त्यसलै पनि प्रशिक्षक टमाटाले क्रिकेट एसोसिएन भयो भने यस्ता सिरिज गर्न सजिलो हुने बताए।

'मैले भन्दै आएको छु क्रिकेट एसोसिएसन भयो भने अझै राम्रो हुन्छ। यसो भयो भने खेलाडीले पनि फ्रि भएर खेल्न पाउँछ। एडमिनिस्ट्रेसन धेरै महत्वपूर्ण कुरा हो। क्रिकेट एसोसिएसन हुँदा हामी फ्रिली खेल्न सक्छौँ। '

टमाटाले होम ग्राउण्ड र क्राउडको अगाडि खेल्न पाउनु राम्रो भएपनि सबैको रेस्पोन्सिबिलटी उत्तिकै हुने बताए।

नेपालले पछिल्लो पटक घरेलु मैदानमा सन् २०१७ मा खेलेको थियो। आइसीसी वर्ल्ड क्रिकेट च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्ध सन् २०१७ मार्च ११ र १३ मा कीर्तिपुरस्थित टीयू मैदानमा खेलेको थियो। 

 

यसै सन्दर्भमा प्रशिक्षक टमाटासँग गरिएको संक्षिप्त कुराकानी:

 

टीयू मैदानमा विश्वकप लिग-२ अन्तर्गत तीन देशबीच सिरिज हुँदैछ। यसले नेपाली क्रिकेटमा के महत्व राख्छ?

सबैभन्दा पहिला खुशी छौँ। होम ग्राउण्डमा पहिलो ओडिआई सिरिज हुँदैछ। आइसीसीको क्यालेन्डरमा आ'छ। त्यसको तयारीको विषय सबैभन्दा महत्वपूर्ण छ।

मैले भन्दै आएको छु क्रिकेट एसोसिएसन भयो भने अझै राम्रो हुन्छ। यसो भयो भने खेलाडीले पनि फ्रि भएर खेल्न पाउँछ। एडमिनिस्ट्रेसन धेरै महत्वपूर्ण कुरा हो।

क्रिकेट एसोसिएसन हुँदा हामी फ्रिली खेल्न सक्छौँ।

एउटा च्यालेन्स पनि छ। आफ्नै होम ग्राउण्डमा फस्ट ओडिआई हुँदैछ। नेपाल र ओमान र युएस छ। सबैको लागि च्यालेन्ज छ। तयारी नै धेरै महत्वपूर्ण कुरा हो।

२०२० को फ्रेब्रुअरीमा मा डेट दिएको छ। टाइम छ। टाइम छ भन्दा पनि त्यसको लागि अहिलेदेखि तयारी गर्‍यो भने हामीलाई राम्रो हुन्छ।

 

त्यसतिबेलासम्म क्रिकेट एसोसिएसन बन्ने सम्भावना पनि होला। निलम्वन फुकुवा भयो भने अझै राम्रो होला नि?

एकदम। मैले भनेनि क्रिकेट एसोसिएसन भयो भने धेरै राम्रो। अब होम ग्राउण्डमा छ। ग्राउण्ड मेन्टिनेन्सको कुरा आउँछ। धेरै कुराहरु छ। आइसीसीको कोड अफ कन्डक्टको कुरा आउँछ। एउटा कोच र क्याप्टेनले आफ्नो कुराहरु फ्रिली गर्न पाउँछ। अब अरु कुरा एड्मिनिस्ट्रेसनहरु हेर्‍यो भने अलीकति अफ्ठ्यारो आउँन सक्छ। अब्स्याकल आउँछ। त्यो बेलासम्म क्रिकेट एसोसिएसन पायौँ भने त्यो हाम्रो लागि एकदमै राम्रो हुन्छ र क्रिकेट पनि एकदमै स्मुथली चल्छ।

जस्तो कि सलेक्सनमा पनि हामीले पिएम कप जस्तै राम्रो टुर्नामेन्ट गराएर धेरै भन्दा धेरै खेलाडी लिएर एउटा राम्रो किसिमको प्लान बनाएर अगाडि बढ्न सक्छौँ।

 

घरेलु मैदान सिरिज हुँदा नेपाली खेलाडीलाई कस्तो फाइदा पुग्छ?

अब होम ग्राउण्ड हो। बेनेफिट त लिनैपर्छ। अन्य टिमले पनि यहाँ आएर खेलेको छ। युएसएले पनि पहिला यहाँ खेलेको छ। हाम्रो क्राउडको अगाडि खेल्न सबैलाई सजिलो पनि हुँदैन। साथै सबैको रेस्पोन्सबिलिटि पनि बढ्छ। होम ग्राउण्डमा खेल्ने भनेपछि होल टिम, सबै मेम्बरको। फस्ट ओडिआई भनेपछि प्राक्सिस सेसन र म्याच हुँदा पनि शतप्रतिशत दिएर आफ्नो टिमलाई कसरी राम्रो दिन सकिन्छ सोच्नुपर्छ। र आफ्नो इन्डिभिजुएल प्रदर्शनमा पनि राम्रो गर्न सक्छ।

 

होम क्राउडको अगाडि खेल्दा अर्को फाइदा पनि होला नि?

अब हामी हाम्रो क्राउडको अगाडि खेलिसकेका छौँ। होम क्राउडको अगाडि खेल्दा त्यसको पोजिटिभ र नेगेटिभ पनि हुन्छ।

खेलेको छौँ भन्दैमा भएन। मुख्य भनेको हामीले राम्रो क्रिकेट खेल्नुपर्छ। राम्रो क्रिकेट खेल्यो भने सबैले सपोर्ट पनि गर्छ। हामीले जसरी पनि राम्रो प्रदर्शन गर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell